जुस सर्किएर एक बालकको मृत्यु
झापा, जेठ ७ ।
झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा जुस सर्किएर एक बालकको मृत्यु भएको छ ।
शिवसताक्षी–८ डुरामारी बस्ने रुप दोष श्रेष्ठका छ वर्षीय छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार बेलुका ओरेन्ज जुस पिउने क्रममा सर्किएर सिकिस्त बिरामी भएपछि उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया