खानीडाँडा विमानस्थल पहिरोको जोखिममा

प्रकाशित मिति: ७ जेष्ठ २०७४, आईतवार १५:५९


खोटाङ, जेठ ७ ।
खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा धावनमार्गमाथिबाट बगेको भेलका कारण पहिरोको जोखिममा रहेको छ । गत जेठ १ गते दिउँसो परेको पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भेलले कटान गर्दा सदरमुकाम दिक्तेलनजिक रहेको विमानस्थल पहिरोको जोखिममा परेको हो ।

धावनमार्गमुनिबाट बनाइएको ढल थुनिएपछि धावनमार्ग हुँदै बगेको बाढीले विमानस्थलको दक्षिणी भाग भत्काएको स्थानीयवासी राजेन्द्र राईले बताएका छन् ।

ढल थुनिएपछि धावनमार्गमाथि बाटै बगेको भेलले माटो कटान गरेपछि विमानस्थलको दक्षिणपट्टि पहिरो गएको छ, उनले भने ‘समयमै सम्बन्धित निकायले ध्यान नदिने हो भने, उडान नै अवरुद्ध हुने गरी ठूलो पहिरो जाने खतरा छ ।’

भेलका कारण छेउबाट सुरु भएको पहिरो कालोपत्र गरिएको धावनमागको करिब दुई/तीन मिटरनजिक पुगिसकेको स्थानीयवासीले बताएका छन् । तत्काल माटो हटाएर भेललाई ढलमार्फत निकासा गर्ने व्यवस्था नगरिए विमानस्थल नै पहिरोको जोखिममा पर्ने देखिएको छ ।

ढल थुनिएपछि अहिले विमानस्थलमुनिबाट निकासा हुनुपर्ने भेल सिधै धावनमार्ग हुँदै बाहिर जाने गरेको नेपाल एयर लायन्सका स्टेसन मेनेजर यादवसेन राईले बताए ।

बाढीले पु¥याएको क्षतिका बारेमा सम्बन्धित निकायमा जानकारी गराइसके उनले भने ‘तत्काल रोकथाम नगरिए लामो समयसम्म उडान अवरुद्ध हुने सम्भावना रहेको छ ।’ भेल थुनिएर सुरु भएको पहिरो करिब ५० मिटर फराकिलो छ ।

विमानस्थल निर्माणका क्रममा माथिल्लो भाग कटान गरेर फालिएको माटोमाथि जाली भरिएका कारण पहिरो गएको स्थानीयवासीले बताएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....