प्रधान सेनापति क्षत्री अमेरिका भ्रमणका क्रममा विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता
काठमाडौं, जेठ ७ ।
मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्डअन्तर्गत United States Army Pacific (USARPAC) का Commanding General Robert B. Brown को औपचारिक निमन्त्रणामा प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री जेठ ०३ गतेबाट मित्रराष्ट्र अमेरिकाको भ्रमणमा रहेका छन् ।
भ्रमणको क्रममा जेठ ५ गते United States Army Pacific (USARPAC) का Commanding General Robert B. Brown सँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा संयुक्त राज्य अमेरिका र नेपालको सैनिक सम्बन्ध, आपसी सद्भाव र विश्वास विकसित हुँदै आएको विषयमा छलफल भएको नेपाली सेनाले एक प्रेस विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएका छन् । सोही दिन प्रधान सेनापतिको सम्मानमा United States Army Pacific (USARPAC) Command ले सम्मान गारत अर्पण गरेका थिए ।
भेटघाटकै क्रममा सोही दिन प्रधान सेनापति महारथी क्षत्रीले अमेरिकी सेनाको 25th Infantry Div लगायत विभिन्न सैनिक इकाईहरूको अवलोकन गरेका थिए । अवलोकनको क्रममा महारथी क्षत्रीले 25th Infantry Div sf Commander Maj Gen Christopher G. Cavoli सँग भेटघाट गरी विभिन्न विषयवस्तुहरूसम्बन्धी जानकारी समेत लिएका थिए ।
प्रतिक्रिया