विजुली उत्पादन गर्ने प्रक्रियामा नेपाल भन्दा धेरै पछाडी अमेरिका : भारतीय सञ्चार
काठमाडौं, जेठ ८ ।
अहिले विश्वमा सबैभन्दा बढी विजुली उत्पादन गर्ने देशमध्ये अमेरिका पनि पर्छ । तर, भारतीय सञ्चारमाध्यमले जनाएअनुसार नेपाल अमेरिका भन्दा पनि बढी विद्युत उत्पादन गर्ने प्रक्रियामा अगाडि रहेको भन्दै ‘विशेष’ समाचार छापिएको छ ।
भारतको चर्चित पत्रिका ‘जागरण’को अनलाइन संस्करणमा छापिएको समाचारमा नेपालले केही वर्षमै अमेरिकाभन्दा ४० प्रतिशत बढी विद्युत उत्पादन गर्ने जनाइएको छ । समाचारमा लेखिएअनुसार नेपालमा अहिले अर्बौं रुपैयाँको लगानीमा जलविद्युत आयोजनाहरू निर्माण भइरहेका छन् ।
‘सुन्दर हराभरा प्राकृतिक रूपमा नै विशाल धनी मानिने देश नेपालले कल कल बग्ने पानीको प्रयोगलाई अझ बृहत्तर बनाउँदै छ । नदीहरूमा बाँध बाँधेर नेपाल एयियाकै सबैभन्दा बढी विजुली उत्पादन गर्ने देश बन्दै छ,’ जागरणको समाचारमा उल्लेख गरिएको छ ।
नेपालमा अहिले १०० भन्दा बढी जलविद्युत परियोजनाहरू निर्माणाधिन अवस्थामा रहेको र, जस मध्ये ४० आयोजनाहरू एक वर्षभित्रै निर्माण सम्पन्न हुनेछन् ।
प्रतिक्रिया