धुर्मुस–सुन्तली फाउन्डेसनलाई करिब २० लाख सहयोग

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार १२:३७


झापा, जेठ ८ ।
वीरता जेसिज बिर्तामोडको अगुवाइमा झापाबाट भूकम्प पीडित घर निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु १९ लाख ८० हजार ३६० सहयोग प्रदान गरिएको छ ।

महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले रु. एक लाख ५० हजार प्रदान गरेपछि सहयोग रकम त्यति भएको वीरता जेसिज उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ का संयोजक विनोद बस्नेतले जानकारी दिए ।

बस्नेतकै अगुवाइमा झापाली नागरिकको तर्फबाट अर्थ सङ्कलन गरी गत बैशाख ३ गते धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मानसहित सहयोग रकम प्रदान गरिएको थियो ।

चेम्जोङले उक्त फाउन्डेसनलाई रु. एक लाख ५० हजार प्रदान गरेसँगै सहयोग राशि बढेको हो ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....