सगरमाथा आरोहणका क्रममा ४ आरोहीको मृत्यु
काठमाडौं, जेठ १० ।
सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका चार जना आरोहीको मृत्यु भएको छ । दुई नेपाली र दुई विदेशी आरोही चौंथो आधार शिविरमा मृत अवस्थामा भेटिएका छन् ।
मृत्त अवस्थामा भेटिएकाहरूको परिचय भने खुल्न सकेको छैन । सेभेन समिट ट्रेकमा दावा शर्पाकाअनुसार यसमा एक जना स्लोभाकीयन आरोही हराएपछि सो टोली उनको खोजीमा सगरमाथा गएको थियो ।
उनीहरूको मृत्यु क्याम्पमा अक्सिजनको अभावका कारण भएको मानिएको छ । यो वर्ष सगरमाथामा ज्यान गुमाउनेहरूको संख्या दश पुगेको छ । पर्यटन विभागकाअनुसार चार जनाको शव भेटिएको भनिएपनि हालसम्म विभागमा आधिकारिक जानकारी आएको भने छैन ।
प्रतिक्रिया