राष्ट्र बैंकले तोक्यो, विदेशबाट पठाएको रेमिटेन्स नगद २ लाखसम्म मात्र लिन पाइने
काठमाडौं, जेठ १० ।
नेपाल राष्ट्र बैंकले विदेशबाट पठाएको रेमिटेन्स बैंक मार्फत लिदा २ लाखभन्दा माथि भए नगदमा लिन नपाइने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै एक लाखभन्दा माथिको रकम नगदमा लिन नपाइने व्यवस्थालाई संसोधन गर्दै दुई लाखभन्दा माथिको रकम मात्र नगदमा लिन नपाइने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले २०७१ सालमा बैंकबाट लिने रेमिटेन्सको नगदमा सिमा तोकेको थियो । तर, यसले अनौपचारिक कारोबारलाई प्रश्रय दिएको भन्दै राष्ट्र बैंकले पुरानो नीतिलाई परिवर्तन गर्दै नगद निकाल्न पाउने सिमा दुई लाख बनाएको हो ।
चैत्र मसान्तसम्म विदेशमा बस्ने नेपालीले औपचारिक माध्यमबाट पाँच खर्ब ११ अर्ब रुपैयाँ पठाएको थियो ।
प्रतिक्रिया