खानेपानी अभावमा काठमाडाैंबासी निस्सासिएर मर्ने दिन आउन लाग्याे : नेता सुवाल

काठमाडाैं, जेठ ३२ ।
नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले खानेपानीको अभावमा काठमाडाैंबासी निस्सासिएर मर्ने दिन आउन लागेको धारणा व्यक्त गरेका छन् ।
मेलम्चीको पानीले काठमाडाैंमा नपुग्ने र लार्के तथा याङ्ग्रीको पानी पनि तत्काल ल्याउन सक्ने अवस्था नभएकाले काठमाडाैं उपत्यकाबासी खानेपानीको अभावमा निस्सासिएर मृत्युवरण गर्नुपर्ने अवस्था आउने उनको भनाई थियो ।
आज शुक्रबार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद् सुवालले खानेपानीको श्राेतको व्यवस्था संघीय सरकारले त्यसको वितरणको काम स्थानीय सरकारले गर्नुपर्नेमा जाेडसमेत दिएका छन् ।
उनले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार देशभर खानेपानीको व्यवस्था गर्न पनि सरकारलाई सचेतसमेत गराएका छन् । देशभर सुख्खा बढिरहेको उल्लेख गर्दै सांसद् सुवालले त्यस्ता स्थानहरूमा पानी पुरण-भरणको बन्दोबस्त गर्न पनि सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जाेड दिए ।
प्रतिक्रिया