त्रिभुवन विमानस्थलमा यात्रुमाथि दुर्व्यावहार गरेकाे अभियाेगमा तीन जना प्रहरी कारबाहीमा

प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार १५:४५


काठमाडाैं, बैशाख ३ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुमाथि दुर्व्यावहार गरेको अभियाेगमा तीन जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले आज बुधबार एक विज्ञप्ति जारी गरी ड्युटीमा खटिएका तीन जना प्रहरीलाई विमानस्थलको जिम्मेवारीबाट हटाई कारबाही गरिएको जानकारी दिएको हो ।

आइतबार यूएईबाट स्वदेश फर्किएका मोरङका सञ्जय ओझालाई प्रहरीले दुर्व्यावहार गरेको भिडियाे सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियाेमा प्रहरीले ओझालाई लछार-पछार गरेको स्पष्ट देखिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक लालध्वज सुवेदीकाअनुसार सामाजिक सञ्जालमा आएको भिडियाेको आधारमा घटनाको अनुसन्धान थालिएको थियो । विभिन्न सञ्चार माध्यममा पनि स्वदेश फर्किएका युवकमाथि प्रहरीले दुर्व्यावहार गरेको समाचार आएका थिए ।

कार्यालयले दुर्व्यावहारमा संलग्न तीन जना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षाको जिम्मेवारीबाट हटाएको छ । साथै उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....