रिलायबल समृद्धि योजना बैशाख ३ गतेबाट बिक्री खुला

प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार १८:४२


काठमाडौं, बैशाख २ ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबर्द्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “रिलायबल सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना “रिलायबल समृद्धि योजना” भाेलि बैशाख ३ गते बुधबारबाट बिक्री खुला हुने भएको छ । जसको आकार रु. १ अर्ब रहेको छ । जसमध्ये ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई अथवा रु. ८५ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्काशन (IPO) मार्फत् बिक्री खुला गरिएको छ ।

यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरू धितोपत्र बजारमा सूचीकरण भई सार्वजनिक निष्काशनपश्चात् सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्री गर्न सकिनेछ । यस योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबर्द्धन गरिएको पहिलो सामूहिक लगानी कोष हो । यस योजनाको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।

रिलायबल सामूहिक लगानी कोषको सार्वजनिक निष्काशन मिति २०८२/०१/०३ गतेदेखि छिटोमा २०८२/०१/०७ गते र ढिलोमा २०८२/०१/१७ गतेसम्म खुला हुँदैछ र इच्छुक लगानीकर्ताहरूले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजारदेखि अधिकतम रु. १० करोडसम्म लगानीका लागि सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाइन आवेदन गर्न सक्नेछ । कम्पनीले शेयरधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने प्रतिबद्धतासमेत गरेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

रिलायबल समृद्धि योजना बैशाख ३ गतेबाट बिक्री खुला

काठमाडौं, बैशाख २ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबर्द्धक तथा रिलायबल.....