रामेछापबाट उडेकाे विमानमा प्राविधिक समस्या, काठमाडाैंमा आकस्मिक अवतरण

प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार १२:१३


काठमाडाैं, बैशाख ३ ।
रामेछापबाट लुक्लातर्फ उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या उत्पन्न भएपछि आकस्मिक रूपमा काठमाडौंमा अवतरण गराइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका श्राेतकाअनुसार जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि सुरक्षाका दृष्टिकोणले त्यसलाई काठमाडौंमा फर्काइएको हो ।

हाइड्रोलिक समस्या देखिएपछि जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा केही समय रोकिएको थियो । उक्त समयमा अन्य उडान तथा अवतरणहरूलाई अस्थायी रूपमा रोकिएको थियो । जहाजमा १४ जना यात्रु सवार रहेका थिए ।

विमानलाई सुरक्षित रूपमा धावनमार्गबाट हटाएपछि नियमित उडान र अवतरण पुनः सुरु गरिएको विमानस्थल प्रशासनले जनाएको छ । हाल उक्त जहाजको प्राविधिक निरीक्षण भइरहेको जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....