लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोही शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार १७:२६


काठमाडौं, बैशाख २ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि नै “निरन्तर सहयात्रा” गर्दै आएका कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१ औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटकसम्म सर्वोच्च शिखर सगरमाथामा कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले पुर्‍याइ सकेका छन् । उक्त कार्यक्रममा पुनः तेश्रो पटक बैंकको लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुर्‍याउनको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंक लिमिटेडमा “निरन्तर सहयात्री” बनी आबद्ध रहेका छन् । उनको यो कीर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१ औँ आरोहण गर्न लागेको जानकारी दिए । उनको यस साहसिक कार्यले लुम्बिनी विकास बैंकलाई गौरवान्वित बनाएको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

रिलायबल समृद्धि योजना बैशाख ३ गतेबाट बिक्री खुला

काठमाडौं, बैशाख २ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबर्द्धक तथा रिलायबल.....