प्रधानमन्त्री ओलीद्वारा थप तीन जना राज्यमन्त्री नियुक्त

काठमाडाैं, श्रावण १८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थप तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । उनले नेपाली कांग्रेसका दुई जना र नागरिक उन्मुक्ति पार्टीबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसले सांसद्हरू रूपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ भने नाउपाले अरुण चौधरीलाई राज्यमन्त्री बनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलश्राेत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया