काठमाडौं आउँदै गरेको बस दुर्घटना, २९ को उद्धार, ११ यात्रु अचेत

प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार १३:३२


काठमाडाैं, भाद्र ७ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाका घाइतेको उद्धार भइरहेको छ ।

हालसम्म २९ जनाको उद्धार भएको छ भने ११ यात्रु अचेत अवस्थामा रहेका छन् ।

तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायकाअनुसार उद्धारको काम जारी छ ।

आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहरामा युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको बस बस खसेको थियो ।

बसमा भारतीय पर्यटक रहेका थिए । उनीहरू पोखराबाट काठमाडौं आउँदै थिए ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....