कांग्रेस सभापति देउवाको निवास अगाडि कालो रंगको शंकास्पद वस्तु फेला

प्रकाशित मिति: ९ भाद्र २०८१, आईतवार ०९:३३


काठमाडाैं, भाद्र ९ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि आज आइतबार बिहान कालो रंगको शंकास्पद वस्तु भेटिएको छ । नेपाली सेनाको टोलीले शंकास्पद झोला खोतल्दा शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ । उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराकाअनुसार शंकास्पद झोलाभित्र बिजुलीबाट चल्ने भाँडो र भाँडोभित्र माटो भेटिएको हो । झोला भित्रबाट तार बाहिर निस्किएको देखिएपछि स्थानीयले त्यो विष्फोटक पदार्थ पनि हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए ।

बोहराले शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....