नेपाली तीर्थयात्रु बाेकेकाे बस भारतमा दुर्घटना, ३६ घाइते, ८ काे अवस्था गम्भीर

प्रकाशित मिति: ९ भाद्र २०८१, आईतवार १३:१९


काठमाडाैं, भाद्र ९ ।
नेपाली तीर्थयात्रीहरू बोकेर गएको बस भारतमा दुर्घटनामा परेकाे छ ।

भारतको विहार राज्यको समस्तीपुरमा आज आइतबार बिहान दुर्घटना भएको हो ।

ना. ७ ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

बाराको बारागढी गाउँपालिका वडा नम्बर-३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि ४३ यात्रु बोकेर गएको बस दुर्घटना भएको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार ट्रकसँग ठोक्किएर पल्टिएको हो ।

बसमा सवार ३६ यात्रु घाइते भएको र विभिन्न नजिकका अस्पतालहरूमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८ जनाको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....