शंखमूलस्थित स्नुकर सञ्चालक ४० वर्षीय पुरुषको हत्या

काठमाडाैं, भाद्र १० ।
काठमाडौं महानगरपालिका-१० शंखमूलमा एक व्यक्तिको हत्या भएको छ ।
शंखमूलस्थित बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएका ४० वर्षीय रुपक बान्तवाको हत्या भएको हो ।
गएराति करिब १ः४० बजे खाजा घरको कोठामा रहेको सोफामा घाइते अवस्थामा भेटिएका उनको उपचारको क्रममा गएराति अढाई बजे सिभिल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनको हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया