काठमाडाैं उपत्यकामा भारी वर्षा, वागमती नदीमा सतर्कता तह पार

काठमाडाैं, भाद्र १० ।
काठमाडौं उपत्यकामा आज साेमबार दिउँसाे तन्तलापुर घाम लागे पनि पछि बादल लागेसँगै भारी वर्षा भएकाे छ भने गौरीघाट जलमापन केन्द्रमा वागमती नदीले सतर्कता तहसमेत पार गरेको छ ।
दिउँसो पाैने ३ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले वागमती-मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोधसमेत गरिएकाे छ ।
आज दिउँसोदेखि काठमाडौं उपत्यकाको आसपास क्षेत्रमा भारी वर्षा भएको छ । यस्तै पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेको उल्लेख गर्दै महाशाखाले बुढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्नसक्ने चेतावनी दिएको छ ।
पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । मेलम्ची, इन्द्रावती र अन्य साना नदीमा जल सतह बढ्न सक्ने तथा भिरालो क्षेत्रमा पहिरो आउन सक्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया