घरायसी विवादमा १४ वर्षीया शाहीकाे हत्या, आमा गम्भीर घाइते

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलवार २०:०६


काठमाडाैं, भाद्र ११ ।
घरायसी विवाद हुँदा धरानमा एक बालिकाको हत्या भएको छ । आज मंगलबार दिउँसो धरान वडा नं-३ मा १४ वर्षीया बालिका युनिसा शाहीको खुकुरी प्रहार गरी हत्या भएको हो । घटनामा बालिकाकी आमा सिर्जना शाही पनि गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार संखुवासभा खाँदबारीका बबिन बरालले बालिका युनिसा र उनकी आमा सिर्जनालाई खुकुरी प्रहार गरेका थिए । बराल सिर्जनाको नातामा बहिनी ज्वाइँ हुन् ।

प्रहरीकाअनुसार सामान्य विवादका क्रममा बरालले अचानक खुकुरी निकालेर प्रहार गर्दा बालिका गम्भीर घाइते भएकी थिइन् । युनिसाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले बराललाई खुकुरीसहित पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइसकेकाे छ । घटनाबारे जानकारी दिँदै डीएसपी नवीनकृष्ण भण्डारीले भने, ‘सिर्जना शाहीको घरमा सामान्य विवाद हुँदा अचानक खुकुरी निकालेर प्रहार गरिएको देखिन्छ । सिर्जनाको धरानमै उपचार भइरहेको छ ।’

बरालले अन्धाधुन्ध बालिका युनिसा र आमा सिर्जनामाथि खुकुरी प्रहार गरेको अनुसन्धानका क्रममा खुल्न आएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....