सुनचाँदी काराेबारकाे चाैथाे दिन सुनकाे मूल्य हालसम्मकै उच्च मूल्यमा काराेबार

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार ११:२७


काठमाडाैं, भाद्र १२ ।
सुनचाँदी काराेबारकाे चाैथाे दिन आज बुधबार नेपाली बजारमा सुनकाे मूल्य प्रति ताेला ८ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य अर्थात प्रति ताेला १ लाख ५३ हजार १ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ । यो हालसम्मकै उच्च मूल्य कायम भएकाे हो ।

यसअघि गत भाद्र ५ गते सुनको मूल्य उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रति तोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रति तोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....