अनलाइनमार्फत् ठगी कार्यमा संलग्न २२ वर्षीय युवा भक्तपुरबाट पक्राउ

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार १२:५८


काठमाडाैं, भाद्र १२ ।
अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी सोनमा गाउँपालिका-८ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने २२ वर्षीय रोहित रञ्जन यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

थाइल्याण्डमा बसोबास गर्ने एलेन अरबि श्रेष्ठको कार दुर्घटनामा परी मृत्यु भएको र निजको नाममा थाइल्याण्डस्थित Siam कमर्शियल बैंकको खातामा रहेको ८५ लाख अमेरिकी डलर निकाल्न निजको उत्तराधिकारी कोही नभएकोले सो रकम बैंकबाट निकाल्न उत्तराधिकारी बनाई रकम निकाली दिन्छौँ भनी प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक-पटक गरी ९९ लाख ६४ हजार ७ सय रुपैयाँ रकम पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-८ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंकाे भद्रकालीमा पठाइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....