काठमाडाैंकाे ढुङ्गेअड्डामा सवारी साधनले ठक्कर दिँदा एककाे मृत्यु

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहीबार १३:२१


काठमाडाैं, भाद्र १३ ।
काठमाडाैंको चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डामा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

गएराति कलंकीबाट थानकोटतर्फ जाँदै गरेको नम्बर नखुलेको सवारी साधनले किच्दा नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिएर फरार भएको सवारी साधन र त्यसका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....