सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहीबार १७:०४


चितवन, जेठ ११ ।
नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवाहरूसँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर भएका विष्णु सुनुवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार यही जेठ १५ गते सैन्य भर्नाको प्रवेश अनुमतिपत्र ल्याउने र असार २ गतेदेखि तालिममा सहभागी गराउने भन्दै युवासँग प्रतिव्यक्ति रु दुई लाखका दरले रकम उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको काम भइरहेको प्रहरी उपरीक्षक थापाले बताएका छन् । उठाइएको रु एक लाख ५० हजारसमेत सुनुवारबाट बरामद गरिएको छ । उनले छ÷सातजनासँग रकम ठगी गरेको प्रहरीको अनुमान छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....