छाता टिप्न गएका १२ वर्षीय बालक काठमाडाैंकाे विष्णुमतीस्थित नागिन खाेलाले बगाउँदा बेपत्ता

काठमाडाैं, भाद्र १७ ।
छाता टिप्न भनेर गएका एक बालक आज मंगलबार साँझ काठमाडौंकाे एक खोलामा बगेर बेपत्ता भएका छन् ।
विष्णुमतीको शाखा नागिन खोलाले बगाउँदा रसुवा उत्तरगया गाउँपालिका घर भई पुरानो गुहेश्वरीमा बसोबास गर्ने १२ वर्षीय विमल तामाङ बेपत्ता भएका हुन् ।
दिउँसोदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश खोलाको सतह यतिखेर निकै बढेको छ । नागिन खोलाको सतह पनि सडकनजिक आइपुगेको थियो ।
छाता खसेपछि टिप्न खोज्दा विमललाई बगाएको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया