असाेज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार १०:०१


काठमाडाैं, भाद्र १९ ।
नेपालको ऐतिहासिक र साँस्कृतिक महत्वको प्रतीक धरहरा अन्ततः सर्वसाधारणका लागि खुला हुने भएको छ । सरकारले आगामी असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने तयारी गरेको हाे ।

तीन वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको धरहरा शहरी विकास मन्त्रालयले सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

सरकारले धरहरा सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेसँगै धरहरा निर्माणको जिम्मेवारी पाएको रमण कन्स्ट्रक्सन कम्पनीले पनि आफ्नो कामलाई तीब्रता दिएको छ । कम्पनीकाअनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम भइरहेको छ ।

यसबीचै, प्रधानमन्त्री ओलीले पनि धरहरा सञ्चालनमा ल्याउने विषयमा विशेष चासो देखाएका छन् । उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको धरहरालाई गति दिन उनले गत श्रावण १४ गते मन्त्री तथा सचिवहरूलाई विशेष निर्देशनसमेत दिएका थिए ।

धरहरा नेपालको राजधानी काठमाडौंको एक प्रमुख पर्यटकीय आकर्षण रहेकाे छ । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पमा भत्किएपछि यसको पुनर्निर्माण गरिएको थियो ।

धरहराको पुनः सञ्चालनले नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....