सूर्यदर्शन सहकारी ठगी मुद्दामा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं, भाद्र १९ ।
जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
गितेन्द्रबाबु राई (जिबी) का आफन्त र सूर्यदर्शन सहकारीकै पूर्वसञ्चालक तथा कर्मचारीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा अदालतले पक्राउ गर्न अनुमति दिएको बताइएको छ ।
पुरक जाहेरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई विपक्षी बनाइएको छ ।
तर, अहिलेसम्म रविविरुद्ध भने पक्राउ पुर्जी जारी भइनसकेको प्रहरी उच्च स्रोतको भनाई छ ।
सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
सहकारी ऐनअनुसार उनीहरूलाई बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजाँयको माग गरिएको छ । सूर्यदर्शनसहित यी कम्पनीका प्रमुख जिबी भने मलेसिया भागेका छन् ।
अरू पक्राउ परेका प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा छन् । फरार प्रतिवादीहरूको प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया