काठमाडाैंकाे सुन्दरीजलमा एक युवतीकाे शव फेला

काठमाडाैं, भाद्र २० ।
काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव फेला परेको छ । आज बिहीबार सुन्दरीजलको खोला किनारको चेपमा युवतीकाे शव भेटिएको हो ।
शव खोला किनारमा रहेको भन्ने जानकारी पाएपछि तत्कालै प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् ।
अहिलेसम्म शवको पहिचान पनि भएको छैन । घटनास्थलबाट मुचुल्का गरेर शव उठाउने तयारी हुँदैछ,’ एसपी अधिकारीले भने ।
प्रतिक्रिया