काठमाडाैंमा एक बालिकालाई ३ वर्षदेखि करणी अभियाेगमा ५४ वर्षीय पुरुष पक्राउ

प्रकाशित मिति: २० भाद्र २०८१, बिहीबार १९:००


काठमाडाैं, भाद्र २० ।
काठमाडौंमा एक बालिकालाई विगत ३ वर्षदेखि जबर्जस्ती करणी गरिरहेको अभियाेगमा ५४ वर्षीय पुरुष पक्राउ परेका छन् ।

आज बिहीबार काठमाडौं महानगरपालिका-४ कुलेश्वर आवासीय क्षेत्रबाट ५४ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा विगत ६ वर्षदेखि घरेलु कामदारको रूपमा राखेकी १७ वर्षीया बालिकालाई विगत ३ वर्षदेखि जबर्जस्ती करणी गरिरहेको आरोपमा उनी पक्राउ परेका हुन् । काठमाडाैं महानगरपालिकाले सञ्चालन गरिरहेको बाल श्रमविरुद्धको अभियानबाट जानकारी आएअनुसार, काठमाडौं महानगरपालिका, बाल हेल्पलाइन, बालबालिका खोजतलास केन्द्र १०४ र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमन तथा जाहेरी प्रतिवेदनका आधारमा उनलाई आफ्नै निवासबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिकाे नाम र ठेगाना गाेप्य राखिएकाे छ भने उनीमाथि थप अनुसन्धान अगाडि बढाउने प्रहरीले तयारी थालेकाे जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....