शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली, उपत्यकामा भारी वर्षाकाे प्रबल सम्भावना

प्रकाशित मिति: २० भाद्र २०८१, बिहीबार २३:५५


काठमाडाैं, भाद्र २० ।
शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएकाे छ ।

शुक्रबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र सचेत रहन अनुराेधसमेत गरेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....