अनलाइन जुवा खेलाएकाे अभियाेगमा दाजुभाई पक्राउ

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार २०:३६


काठमाडाैं, भाद्र २२ ।
अनलाइन जुवा खेलाएको अभियाेगमा प्रहरीले विराटनगरबाट दाजुभाइलाई पक्राउ गरेको छ ।

वान एक्स बेटलगायत विभिन्न एपमार्फत् सट्टेबाजी गराएको आरोपमा विराटनगर महानगरपालिका-१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन् । उनकाअनुसार उनीहरू भाद्र १८ गते घरबाटै पक्राउ परेका हुन् ।

‘एन्ड्रोइड मोबाइलमा ‘वान एक्स बेट’लगायतका एप्स डाउनलोड गरेको पाइएको थियो’, डीएसपी बस्नेतले भने, ‘त्यसमार्फत् ‘अनलाइन डिजिटल’ खाताबाट सट्टेबाजी लिने दिने काम गर्ने गरेको खुल्यो ।’ सट्टेबाजीमा प्रयोग गर्दै आएको कम्प्यूटरको सीपीयू, राउटर, मोबाइललगायत घरको कोठाबाट बरामद गरिएको जानकारी उनले दिए ।

उनीहरूविरुद्ध सट्टेबाजी आरोपमा अनुसन्धान भइरहेको छ । सट्टेबाजी गर्नेलाई १ वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहितामा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....