१५ वर्षीय विद्यार्थीकाे याेजनाबद्ध तरिकाले हत्या भएकाे भन्दै जनकपुर-ढल्केवर सडकखण्ड अवरुद्ध

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार ०९:५९


काठमाडाैं, भाद्र २४ ।
सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित भगवती माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्युलाई लिएर धनुषाको जनकपुर-ढल्केवर सडकखण्ड अवरुद्ध भएको छ ।

धनुषाको लक्ष्मीनियाँ-४ का गणेश कुमार साहका अन्दाजी १५ वर्षीय छोरा रजनिश कुमार साहको विद्यालयमै योजनाबद्ध तरिकाले हत्या गरेको भन्दै उनका आफन्त र गाउँले आन्दोलित बनेका हुन् । उनीहरूले लक्ष्मीनियाँ-४ मै पर्ने सपहीस्थित जनकपुर-ढल्केबर सडक अवरुद्ध पारेका छन् ।

सडकमा सयौँ महिला र पुरुष धर्ना बसेका छन् । उनीहरूले रजनिशलाई न्याय देऊ, हत्यारालाई कारबाही गर, प्रहरी प्रशासन मुर्दाबाद जस्ता नारा लगाएका छन् । सडक अवरुद्ध पारेपछि त्यहाँ ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी पुगेको छ ।

विद्यालयकाअनुसार भाद्र २ गते कक्षा ८ मा अध्ययनरत रजनिश होस्टलको कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए । पासो काटेर उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा ६ दिनपछि उनको मृत्यु भएको थियो ।

मृतक विद्यार्थी रजनिशका परिवारले विद्यालयकै संस्थापक, होस्टेल इञ्चार्ज, प्रधानाध्यापकसहितले हत्या गरेको आरोप लगाएका छन् । घटनाको छानबिन र दोषीमाथि कडा कारबाहीका लागि उजुरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिन्धुली पुग्दा वास्ता नगरेको मृतक रजनिशका बुबाको भनाई रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....