सरकारी गाडी दुर्घटना हुँदा कम्तीमा पनि तीन जनाकाे मृत्यु, एककाे अवस्था गम्भीर

प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार १०:२०


काठमाडाैं, भाद्र २८ ।
बागलुङमा सरकारी गाडी दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका-२ भुङखानीमा रा. १ झ २०० नम्बरको गाडी दुर्घटनामा परेकाे हो ।

आज शुक्रबार बिहान गुडिरहेकाे गाडी भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ भइरहेकाे बागलुङ प्रहरीले जनाएको छ । तर, पनि उद्धार कार्य भने जारी नै रहेकाे छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे छ ।

घाइते एक जनाको उपचारका लागि धवलागिरी अस्पताल बागलुङ पठाइएको र अवस्था गम्भीर रहेको छ भने घटनाबारे थप विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....