वागमती प्रदेशसहित केही प्रदेशमा मेघगर्जन/चट्याङसहित भारी वर्षाकाे सम्भावना

प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार १९:३६


काठमाडाैं, भाद्र २८ ।
देशभर मनसुन वायुकाे प्रभाव रहेसँगै आज शुक्रबार साँझ वागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जनाएअनुसार आज राति सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ ।

साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको जारी गरेकाे बुलेटिनमा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....