सुनकाे मूल्य हालसम्मकै उच्च, नयाँ रेकर्ड कायम

प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार ११:०५


काठमाडाैं, भाद्र ३० ।
नेपाली बजारमा सुनचाँदी काराेबारकाे पहिलाे दिन आज आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार गत शुक्रबार प्रति तोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि ५०० रुपैयाँले बढेको छ । महासंघकाअनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत भाद्र २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....