काेपुण्डाेलमा भाँसिएकाे सडक मर्मतपश्चात् यातायात सञ्चालन सुचारु

काठमाडाैं, भाद्र ३० ।
शनिबार दिउँसाे मेलम्चीकाे पाइप फुटेर सडकभरी पानीकाे मुसलधार खाेला बगेपछि एकाएक ललितपुर महानगरपालिका काेपुण्डाेल-१० मा भाँसिएको सडक मर्मतपश्चात् सवारीसाधन सञ्चालन भएका छन् ।
आज आइतबार बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला गरिएकाे हो ।
मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर शनिबार सडक भाँसिन पुगेकाे थियो । शनिबार साँझदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत कार्य सुरु गरेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।
मर्मतपश्चात् भाँसिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्रे गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डेले बताएका छन् ।
प्रतिक्रिया