काठमाडाैंबाट उड्ने तयारीमा रहेकाे बुद्ध एअरकाे जहाजमा समस्या, यात्रुसमेत ओराल्नुपर्याे

काठमाडाैं, भाद्र ३१ ।
काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एअरको हवाई जहाजमा प्राविधिक समस्या देखिएको छ ।
जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरूलाई ओरालिएको छ । यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको थियाे ।
बुद्ध एअरको नाइन एन-एआईटी जहाज आज साेमबार बिहान भरतपुर उड्ने तयारीमा रहेकाे थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल श्राेतले बतायो । जसले गर्दा अन्य जहाजलाई असुविधा उत्पन्नसमेत भएकाे थियाे ।
अवतरणमा समस्या नभए तापनि आन्तरिक उडानका जहाजहरू उड्न ढिला भइरहेको विमानस्थल श्राेतले जनाएकाे छ ।
प्रतिक्रिया