काठमाडाैंकाे बाङ्गेमुढाबाट स्कुटर चाेरी गर्ने रक्तकालीका २० वर्षीय शाही पक्राउ

काठमाडाैं, भाद्र ३१ ।
काठमाडाैं महानगरपालिकाकाे बाङ्गेमुढाबाट स्कुटर चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले आज सोमबार नियन्त्रणमा लिएको छ ।
शंकास्पद अवस्थामा वागमती प्रदेश-०२-०२५ प ८५३६ नम्बरको डियो स्कुटर चलाइरहेका काठमाडौं महानगरपालिका-१८ रक्तकालीका २० वर्षीय रोहित शाहीलाई सोमबार दिउँसो ३ बजे ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर प्रदेश-०३-०२-०१५ प ०५३६ रहेको स्कुटर काठमाडाैं महानगरपालिकाको ठमेलबाट हराएको भनी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-३ बस्ने सत्कार न्यौपानेले काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
स्कुटर चोरीमा संलग्न शाहीलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन् ।
प्रतिक्रिया