प्रादेशिक अस्पतालमा अख्तियारकाे छापा, औषधी र उपकरणहरूकाे मुचुल्का तयार

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलवार २०:३६


काठमाडाैं, असाेज १ ।
प्रादेशिक अस्पताल गौरमा सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । सो सोअस्पतालले खरिद गरेका औषधी तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेका छन् । अख्तियारको टोलीले अस्पतालमा रहेका सामाग्री तथा औषधीहरू खरिद विवरणसँग मेल खान नसकेपछि अनुसन्धान अघि बढाएको हो । टोली बा. एडि ९०६४ नम्बरको गाडीमा आएको थियो ।

जब सञ्चारकर्मीहरूले अख्तियारको टोलीसँग कुराकानी गर्न खोजे, उनीहरूले कुनै पनि जानकारी दिन अस्वीकार गरेका थिए । समाचार श्रोतहरूकाअनुसार, अख्तियारको टोलीले आवश्यक परिमाणका औषधी र उपकरण फेला नपरेपछि सोहीअनुसार रिपोर्ट तयार गरी फर्किएका छन् । यस क्रममा स्टोर किपर राम अश्रेय मुखियासँग केही बेर सोधपुछसमेत गरेका थिए ।

अस्पतालमा व्यापक भ्रष्टाचार र अनियमितताको आरोप स्थानीयस्तरबाट लागिरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले गोप्य टेन्डरमार्फत् औषधी उपकरण खरिद गरी व्यापक आर्थिक अनियमितता गरेका छन् । सो अस्पतालमा टाइल्स र मार्बल जडान, गाडी मर्मत, टिकट काउण्टरको रकम हिनामिना, भवन रङरोगन, इन्धन खर्च, न्यानो झोला खरिद, करार कर्मचारी भर्नालगायतका प्रक्रियामा अनियमितता भएको आरोपसमेत रहेकाे छ ।

श्राेतहरूकाअनुसार, निजी क्लिनिक र ल्याबसँग साँठगाँठ गरी लाखौँ रुपैयाँको भ्रष्टाचार भएको छ । यस्ता क्रियाकलापका कारण अस्पतालका चिकित्सकहरू तनावमा काम गर्न बाध्य भएका छन् । उनीहरूलाई अध्यक्ष हासमीले सरुवा गर्ने धम्की दिँदै दवाबमा राख्ने गरेको डा. अमित चाैधरीले बताए । स्थानीय बासिन्दाहरूले यस विषयमा बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए तापनि ठोस कारबाही नभएको गुनासो गरेका छन् । यस विषयमा अध्यक्ष हासमीसँग कुरा गर्दा अनियमितता नभएको दाबी गरेका छन् ।

यस घटनाले अस्पतालको साखमा ठूलो धक्का दिएको छ र, अबको अनुसन्धानले भ्रष्टाचारमा संलग्न दोषीहरूलाई कारबाही गर्ने अपेक्षा गरिएको छ । टोली कहाँको हो र कति जना सदस्यहरू थिए भन्नेबारे पनि कुनै स्पष्टता दिइएको छैन ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....