दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार ०९:३५


काठमाडाैं, असाेज २ ।
दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । भोलि बिहीबार संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’को स्टेज निर्माणको काम भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

सरकारले बिहीबार संविधान दिवसको मूल समारोह सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्दैछ । सरकारले भोलि साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साँगीतिक कार्यक्रमसमेत आयाेजना गर्ने भएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....