सुदूरपश्चिममा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार १०:५०


काठमाडाैं, असाेज २ ।
सुदूरपश्चिममा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्जनजिकै माझगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाकाअनुसार बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा भूकम्पको धक्का महशुस गरिएको छ ।  भाद्र २८ गते  बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा साँझ ८ बजेर ३५ मिनेटमा ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

डोटी, खप्तड राष्ट्रिय निकुञ्ज र बझाङ केन्द्रबिन्दु भएर पटक-पटक भूकम्प जाने गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....