पाँच जना सवार ट्याक्टर नदीमा खस्दा दुई जना बेपत्ता

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार ११:३९


काठमाडाैं, असाेज २ ।
सेती नदीमा आज बुधबार बिहान ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन् ।

बझाङको दुर्गााथली गाउँपालिका-२ झनानास्थित ट्याक्टर सेती नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीकाअनुसार ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढासहित दुआ जना बेपत्ता भएका हुन् । बेपत्ता अर्काको पहिचान खुलेको छैन ।

उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा चालकसहित पाँच जना सवार थिए भने तीन जनाले हाम फालेर ज्यान जोगाएका छन् । घाइते उनीहरूको झोतामा उपचार भइरहेको छ ।

जयपृथ्वी राजमार्गअन्तर्गत मौरी बगरदेखि झनानातर्फ गइरहेको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल सेती नदीमा खसेको हो । ट्याक्टरको नम्बर खुलेको छैन ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....