व्यावसायी दुर्गा प्रसाईंद्वारा आज राँके जुलुस र भाेलि देशभर चक्काजामकाे आव्हान

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार १२:४४


काठमाडाैं, असाेज ३ ।
मेडिकल व्यावसायी दुर्गा प्रसाईंले आज बिहीबार राँके जुलुस र भोलि शुक्रबार चक्काजाम गर्न आफ्ना समर्थकहरूलाई आव्हान गरेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे विरोधमा उनले साे आह्वान गरेका हुन् ।

प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले भाेलि शुक्रबार देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा बुधबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । उनी काठमाडौंमै छन् । तर, हालसम्म पक्राउ भने परेका छैनन् ।

बरु पक्राउ पुर्जीको विरोधमा उनकै नेतृत्वमा रहेको महाअभियानले बिहीबार विज्ञप्ति जारी गरी पक्राउ पुर्जी तत्काल फिर्ता नलिए आज राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा भोलि चक्काजाम गर्ने चेतावनी दिएको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकको जीवन रक्षार्थ शान्तिपूर्ण रूपमा चालिएको आन्दोलनलाई दमन गर्दै गणतन्त्रको उपहास हुने गरी नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हननमा सरकार लागि परेको उनको आरोप रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....