एकातिर संविधान दिवसकाे अवसरमा नेशनल डे कन्सर्ट, अर्काेतिर बालेनकाे नारा र कुटपिट

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार २०:२४


काठमाडाैं, असाेज ३ ।
दरबारमार्गमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहका समर्थकमाथि कुटपिट भएको छ । बालेनका पक्षमा नारा लगाएलगत्तै अर्को युवाको समूहले एक युवालाई कुटपिट गरेको हो ।

अपरान्ह ४ बजेबाट सुरु भएको नेशनल डे कन्सर्टमा सहभागी भएका ती युवाले बालेनको नाम लिएर नारा लगाएका थिए । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान हुन नसकेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पाँच जनाको समूह ती युवामाथि जाइलागेपछि रोक्ने प्रयास भएको थियो । कुटपिटलगत्तै ती युवाहरू त्यहाँबाट भागेका थिए ।

संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठूलो संख्यामा युवाहरू राष्ट्रिय झण्डासहित सहभागी भएका छन् । कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देवीका बन्दना, सुगम पोखरेल, दीपक लिम्बु, प्रमोद खरेल, सिवानी मोक्तान, स्वप्न सुमनलगायतको प्रस्तुति रहेकाे थियाे । सो कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

कार्यक्रमस्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको थियाे । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समेत कार्यक्रमस्थलको अनुगमन एवं निरीक्षण गरेका थिए । प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीकाअनुसार कार्यक्रमस्थलमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियाे ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....