बालेन हातमा चिराक लिएर पुलुकिसिको पथ प्रदर्शकमा, येँयाःमा याे वर्षदेखि पूजासहित प्रदर्शन परम्पराकाे थालनी

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार २२:०८


काठमाडाैं, असाेज ३ ।
यँयाः अर्थात् इन्द्रजात्राका अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौं महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ ।

यसै क्रममा काठमाडौं महानगरपालिकाले आज सवः भकु, पुलुकिसि, मजिपा लाखे र महाकाली नृत्य प्रदर्शनसमेत आयोजना गरेकाे छ ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले हातमा चिराक लिएर पुलुकिसिको पथ प्रदर्शकका रूपमा सहभागिता जनाएका छन् ।

कार्यक्रम येँयाः ११४४ महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले आयोजना गरेको थियो । प्रमुख साहसँग पुलुकिसि नृत्यमा प्रवक्ता नविन मानन्धर र मूल समारोह समितिका संयोजक आशामान संगत सहभागी भएका थिए ।

यहीँ अवसरमा उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूलाई आमन्त्रण गरिएको थियो । नृत्य अवलोकनका लागि महानगरपालिकाका नगर सभा सदस्यहरू, कर्मचारीहरू, परम्परागत नृत्यका गुठियारहरू र जनसाधारणको बाक्लो उपस्थिति रहेकाे थियो ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....