सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार १४:४४


काठमाडाैं, असाेज ४ ।
सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

संघीय संसद् सचिवालयले आज शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो । यसअघि नै समितिले प्रतिवेदनको निष्कर्ष र सुझाव खण्ड बाहिरिइएको थियो ।

भाद्र ३१ गते प्रतिनिधि सभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए ।

भाद्र २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ । प्रतिवेदन ११२४ पेजको रहेकाे छ । यसको पूर्णपाठ संसद् सचिवालयको वेबसाइटमा पनि गएर हेर्न सकिने व्यवस्था गरेकाे छ ।

प्रतिवेदनमा रवि लामिछानेलगायतलाई सहकारीको रकम अपचलनमा संलग्न भएको ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो ।

प्रतिवेदनको सुझावमा लेखिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क (प्रा.) लि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएकाले अध्यक्ष जीबी राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध-निर्देशक रवि लामिछाने र सञ्चालक छबिलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’ उल्लेख छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....