पक्राउ परेका मेडिकल व्यावसायी प्रसाईं अस्पताल भर्ना
काठमाडाैं, असाेज ७ ।
पक्राउ परेका मेडिकल व्यसवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् ।
साइबर अपराध गरेको आरोपमा आइतबार दिँउसो पक्राउ परेका प्रसाईं आइतबार साँझदेखि नै वीर अस्पताल भनाए भएका हुन् ।
चिकित्सकको सिफारिसमा उनलाई अस्पताल राखिएको साइबर ब्यूरो प्रमुख नविन्द अर्यालले जानकारी दिए ।
वीर अस्पतालमा स्वास्थ्य जाँच गराउने क्रममा चिकित्सकहरूले उनलाई रक्तचाप, मुटुसम्बन्धी समस्या देखिएकाले थप जाँच गराउनुपर्ने बताएका थिए ।
काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रतिक्रिया