मनसुन सकिने बेला पुनः मनसुन सक्रिय, अधिकांश स्थानमा वर्षा, दशैँसम्म मनसुन सक्रिय रहने

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार १०:५२


काठमाडाैं, असाेज ८ ।
मनसुन सकिनै बेला हुन लाग्दा पुनः मनसुनी प्रणाली सक्रिय भएको छ । कम्तीमा शनिबार अर्थात असाेज १२ गतेसम्मै देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरीको आकाशमा बादलले ढाकिएको उल्लेख छ । आज मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग र सुदूरपश्चिम प्रदेशका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज देशका अन्य भागमा पनि वर्षाको सम्भावना रहेकाे छ ।

त्यसैगरी, बुधबारदेखि भने देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेकाे छ । विशेष गरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै र कोशी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम छ । कयौं भागमा हावाहुरीको समेत सम्भावना छ ।

धान पाकेर थन्क्याउने समयमा सक्रिय हुन थालेको मनसुनका कारण देशभरीका किसान प्रभावित हुनेछन् । हावाहुरीसहितको पानीले पाक्न लागेको र फुल्न लागेको धानमा गहिरो असर छोड्ने देखिएकाे छ ।

सामान्यतयाः नेपालमा अक्टोबर २ मा मनसुन बाहिरिने मानिन्छ । तर, यो वर्ष पनि अघिल्ला वर्षहरू जस्तै ढिलासम्म मनसुन सक्रिय रहने देखिएको छ । मौसमविद्हरूले दशैँसम्मै मनसुन सक्रिय रहने आँकलनसमेत गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे मंगलबजारस्थित भण्डारखालमा असाेज ११ देखि १३ सम्म ज्वेलरी एक्स्पाे हुँदै

काठमाडाैं, असाेज ८ । ललितपुर महानगरपालिकाको पाटन मंगलबजारमा ज्वेलरी एक्स्पो हुने भएको छ.....