दुर्गा प्रसाईंलाई थप ५ दिन थुनामा राख्ने अनुमति

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार १९:१८


काठमाडाैं, असाेज ९ ।
जिल्ला अदालत काठमाडाैंले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न साइबर ब्यूरोलाई अनुमति दिएको छ ।

विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान गर्न पहिलो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएकोमा अदालतले दोश्राे पटक ५ दिनको अनुमति दिएको हाे ।

यूट्युब च्यानल ‘देश दुनियाँ खबर’ र अन्य च्यानलमा चरित्र हत्या गर्ने गरी बोलेको आरोपमा उनीविरुद्ध ब्यूरोमा जाहेरी दर्ता भएको थियो । देश दुनियाँ खबरमा उनको अन्तर्वार्ता प्रशारण गर्ने सञ्चालक जीवन पाण्डे र प्रस्तोता प्रकाशचन्द्र दाहाल हाल फरार रहेका छन् ।

प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी आबद्ध महिलाले ‘चरित्र हत्या गरेको’ आरोपमा जाहेरी दिएकी छन् ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....