प्रहरी प्रभाग ललितपुर भैँसेपाटीकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइयाे

काठमाडाैं, असाेज १० ।
प्रहरी प्रभाग, ललितपुर भैँसेपाटीकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइएको छ ।
एक जना व्यक्तिसँग आर्थिक लेनदेन गरेको आरोपमा बुधबार उनलाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रमुख प्रमुख एआईजी किरण बज्राचार्यले बताएकी छन् ।
यस्तै, आर्थिक लेनदेनमा संलग्न अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए ।
घटनाको अनुसन्धानका लागि ललितपुर परिसरका डीएसपी नरहरी अधिकारीको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ । समितिलाई जतिसक्दो चाँडो रिपोर्ट बुझाउन भनिएको पनि एआईजी बज्राचार्यले बताएकी छन् ।
समितिको प्रतिवेदनपश्चात् मात्रै थप कारबाही गर्ने वा सफाई दिने भन्ने निर्णय हुने बताइएकाे छ ।
प्रतिक्रिया