यात्रुबाहक बस सप्तकाेशीमा खस्याे, यात्रुकाे सकुशल उद्धार
काठमाडाैं, असाेज १० ।
विराटनगरबाट उदयपुर गाइघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीकाअनुसार आज बिहीबार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बीचबाट झरेको थियो ।
सुनसरीका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीकाअनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी रहेकाे जनाएकाे छ ।
प्रतिक्रिया